शैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरको चर्चा गर्न आग्रह

हिमाल प्रेस १० असोज २०८१ १०:४२ | Thursday, September 26, 2024
शैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरको चर्चा गर्न आग्रह फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरका बारेमा पनि चर्चा गर्नुपर्ने बताएको छ।

शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न सर्त पालना गर्न मन्त्रालयले निर्देशन दिएको हो।

मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन सर्त अघि सारेको हो ।

मन्त्रालयले नेपालका विश्वविद्यालय तथा विश्वविद्यालयमा सञ्चालन भएका कार्यक्रम र अवसरको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने निर्देशन दिएको छ।

मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीको पूर्ण विवरण पेस गर्नसमेत निर्देशन दिएको छ।

 

प्रकाशित: १० असोज २०८१ १०:४२ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast