काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन उडाए कारबाहीमा परिने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना जारी गर्दै विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने बताएको हो।
‘यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत् सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
प्रकाशित: १० असोज २०८१ ८:४३ | Thursday, September 26, 2024
प्रतिक्रिया





