श्रीलंकाका राष्ट्रपति दिसानायकेद्वारा संसद भंग, संसदीय चुनावको घोषणा

हिमाल प्रेस ९ असोज २०८१ १५:५९ | Wednesday, September 25, 2024
श्रीलंकाका राष्ट्रपति दिसानायकेद्वारा संसद भंग, संसदीय चुनावको घोषणा श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमार दिशानायके

काठमाडौँ- श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद भंग गरेका छन्। संसदीय चुनावको घोषणा गर्दै उनले संसद भंग गरेका हुन्।

श्रीलंकामा आगामी नोभेम्बर १४ मा संसदीय निर्वाचन हुनेछ। २२५ सदस्यीय संसदमा दिसानायकेको पार्टी नेशनल पिपल्स पावर गठबन्धनको जम्मा तीन सिट छ।

यसअघि दिसानायकेले हरिनी अमरासूर्यालाई नयाँ प्रधानमन्त्री चयन गरेका छन्। श्रीलंकाको इतिहासमा प्रधानमन्त्रीको पदमा महिला आसिन हुने यो तेस्रोपटक हुनेछ।

राष्ट्रपति चुनाव जितेसँगै दिसानायकेले चाँडै संसदीय चुनावका लागि संसद भंग हुने बताएका थिए। आफ्नो नीति लागु गर्न चाँडै संसदीय चुनाव गराउने उनको भनाइ थियो।

जनताको चाहनाविरूद्ध बनेको संसदलाई निरन्तरता दिनुको कुनै अर्थ नहुने उनले बताएका थिए। श्रीलंकामा यसअघि अगस्त २०२० मा संसदीय निर्वाचन भएको थियो।

प्रकाशित: ९ असोज २०८१ १५:५९ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast