दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

हिमाल प्रेस ९ असोज २०८१ १४:११ | Wednesday, September 25, 2024
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रतीकात्मक तस्बिर।

देउखुरी (दाङ)– दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

चट्याङका कारण परेर ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन्। दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ असोज २०८१ १४:११ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast