शिक्षक-कर्मचारीको तीन महिनाको तलबसहित चाडबाड खर्च निकासा

हिमाल प्रेस ८ असोज २०८१ १६:५७
4.0k
SHARES
शिक्षक-कर्मचारीको तीन महिनाको तलबसहित चाडबाड खर्च निकासा

काठमाडौँ- तनहुँको भानु नगरपालिकाको आर्थिक प्रशासन शाखाले शिक्षक-कर्मचारीको तीन महिनाको तलबसहित चाडबाड खर्च निकासा भइसकेको जनाएको छ।

शाखाले सोमबार सूचना जारी गर्दै साउन, भदौ र असोज महिनाको तलब र चाडबाड खर्च निकासा भइसकेको जनाएको हो।

‘भानु नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरूमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी (लेखासहायक र कार्यालय सहयोगी) सहयोगी कार्यकर्ता तथा सामुदायिक सिकाइ केन्द्रमा कार्यरत समुदाय परिचालकहरूको चालु आव २०८१।०८२ को पहिलो त्रैमासिक निकासा (साउन, भदौ र असोज) को तलब र चाडबाड खर्च निकासा भइसकेको छ,’ जारी सूचनामा भनिएको छ।

असोज ८ गते साँझ ५ बजेभित्र सबै विद्यालयको खाताबाट जनाउ घण्टी बजिसक्ने बताइएको छ।

प्रकाशित: ८ असोज २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =