विश्वकप लिग-२ : ओमानसँग दोस्रो खेल खेल्दै नेपाल

हिमाल प्रेस ८ असोज २०८१ ७:०१ | Tuesday, September 24, 2024
विश्वकप लिग-२ : ओमानसँग दोस्रो खेल खेल्दै नेपाल तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किंग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ।

क्यानडा भ्रमणमा दैरान सुरुवाती ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ। नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा ओमानविरुद्ध ३१ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।

ग्रिन टप पिच र ओभरकास्ट कन्डिसनमा क्यानडासँग टस विजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो। घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।

नेपाललाई लिग २ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङर ब्याटिङ चल्न सकेको छैन।

प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित आज आफ्नो टिमबाट सुधारिएको फास्ट बलिङर ब्याटिङको अपेक्षा गर्ने छन्। दोस्रो खेलमा ओमानविरुद्ध तिन परिवर्तन गरेको नेपालले तस्रो खेलमा सोही टिमलाई निरन्तरता दिएको थियो। तर त्यसले पनि नेपाली टोलीको हारको शृंखला नरोकिएपछि नेपालले आज पनि प्लेइङ ११ मा केही परिवर्तन गर्न सक्छ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ७ मध्ये केवल १ जित हात पारेको नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। ६ खेलमा ५ अंक जोडेको ओमान छैठौं स्थानमा छ। ११ खेलमा १४ अंक जोडेको घरेलु टोली क्यानडा शीर्ष स्थानमा छ।

प्रकाशित: ८ असोज २०८१ ७:०१ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast