आज पनि दलका नेता साथमा राखेर कानुनी परामर्शमा लामिछाने

हिमाल प्रेस ७ असोज २०८१ १३:२३
28
SHARES
आज पनि दलका नेता साथमा राखेर कानुनी परामर्शमा लामिछाने रवि लामिछाने।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पनि पार्टी कार्यालयमै कानुनी परामर्श गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा प्रहरीले उनलाई पक्राउको तयारी गरिरहेको छ। यही विषयलाई लिएर लामिछानेले दलका केही नेताहरू साथमा राखेर कानुन व्यवसायीहरूसँग छलफल गरेका हुन्।

सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ।

‘पक्राउ गर्न लागेको खबरहरू आएलगत्तै दलका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएका छन्,’ रास्वपाका एक नेताले भने, ‘सभापति दलका केही नेता र कानुन व्यवसायीहरूसँग यसबारे परामर्शमा हुनुहुन्छ।’ लामिछानेले आइतबार पनि पार्टीका कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।

तत्कालीन अवस्थामा विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा फरार रहेका जीबी राईसहितले ल्याएको र रविले गोरखा मिडिया नेटवर्कले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजनमा प्रबन्ध निर्देशकको हैसियतमा चलाएको आरोप छ। यही आधारमा लामिछानेलाई संसदीय समितिले कारबाहीका लागि सिफारिस पनि गरेको छ।

हिजो आइतबार गोर्खा मिडिया नेटवर्कका सञ्चालकमध्येका एक छविलाल जोशी पक्राउ परिसकेका छन्। उनलाई पोखरा लगिसकिएको छ। जोशी नेपाल प्रहरीका पूर्वडीआईजी पनि हुन्।

अहिले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। सभापति लामिछानले आइतबार साँझ नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए। त्यसो त चीन गएका सात सांसदसहितका १४ नेतालाई पनि रास्वपाले फिर्ता बोलाइसकेको छ। उनीहरू आज फर्किने बताइएको छ।

प्रकाशित: ७ असोज २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =