दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न आदेश

हिमाल प्रेस ६ असोज २०८१ २०:०९ | Sunday, September 22, 2024
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न आदेश दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

अदालतले प्रसाईंलाई तीन दिन थुनामा राख्न आदेश दिएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन्। प्रसाईं पक्राउ परेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो। चरित्र हत्या गरेको आरोपमा एक महिलाले दिएको उजुरीको आधारमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

प्रसाईंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसुर गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। प्रसाईं दोषी ठहरिए यो ऐनअनुसार अधिकतम एक लाख रूपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

प्रकाशित: ६ असोज २०८१ २०:०९ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast