नाट्य विधा अभिव्यक्तिकाे सशक्त माध्यम : पूर्वराष्ट्रपति यादव

हिमाल प्रेस ६ असोज २०८१ १८:५४ | Sunday, September 22, 2024
नाट्य विधा अभिव्यक्तिकाे सशक्त माध्यम : पूर्वराष्ट्रपति यादव फाइल तस्बिर

काठमाडौँ– पूर्वराष्ट्रपति डा‍.रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताएका छन्।

नेपाल नाट्य प्रतिष्ठानद्वारा आइतबार काठमाडौँमा आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उनले साहित्यकारहरुले नाटकमार्फत आफ्नो देश र समाजलाई  चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा  नेपालको इतिहास समेटिएको बताए।

प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गरेको उक्त ग्रन्थमा चार खण्ड छन्। ग्रन्थमा नाटक र रङ्गमञ्चसँग सम्बन्धित सामग्री, नाट्यवार्ता, समावेश छन्।

उक्त कार्यक्रममा नाट्यकर्मीहरु शकुन्तला शर्मा, अशेष मल्ल, सुनील पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो।

प्रकाशित: ६ असोज २०८१ १८:५४ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast