पोखरामा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

हिमाल प्रेस ६ असोज २०८१ १४:२०
10
SHARES
पोखरामा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

पोखरा- पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ। क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ।

पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’ को सहर पनि भनिन्छ। माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन्।

कलाप्रेमीले सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताए।

समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उनले जानकारी दिए।

‘समूहको सक्रियतामा बर्सेनि गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चौथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ’, गुरुङले भने,‘यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन्।’

कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लागेका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताइन्।

हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन्। यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ६ असोज २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =