जनमोर्चाले जनआन्दोलनको अवसरमा आन्दोलन गर्दै

हिमाल प्रेस ६ असोज २०८१ १०:३७ | Sunday, September 22, 2024
जनमोर्चाले जनआन्दोलनको अवसरमा आन्दोलन गर्दै

काठमाडौँ- राष्ट्रिय जनमोर्चा (राजमो)ले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ। बुटवलमा सम्पन्न राजमोको राष्ट्रिय परिषद बैठकले सप्ताहब्यापी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिए।

जनआन्दोलन दिवसको अवसर पारेर आगामी चैत २४ गते काठमाडौंमा संघीयता खारेजीको आन्दोलन सुरु हुने महासचिव भट्टले बताए। सो आन्दोलन चैत ३० सम्म सञ्चालन हुने छ ।

राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गरेर प्रदेशका मन्त्री, सांसद पाल्नुपरेको, जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता तथा अखण्डतामाथि खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको निष्कर्षसहित संघीयता खारेज गर्नुपर्नेमा जोड दिएको हो।

प्रकाशित: ६ असोज २०८१ १०:३७ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast