लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

हिमाल प्रेस ५ असोज २०८१ ९:२९ | Saturday, September 21, 2024
लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन उनीहरू बेलायत प्रस्थान गरेका हुन्।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजंग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन्।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ।

प्रकाशित: ५ असोज २०८१ ९:२९ | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast