जनमोर्चाको राष्ट्रिय परिषद् बैठक आज सकिँदै

हिमाल प्रेस ५ असोज २०८१ ६:४२ | Saturday, September 21, 2024
जनमोर्चाको राष्ट्रिय परिषद् बैठक आज सकिँदै

काठमाडौँ- राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक आज सकिँदैछ। दुई दिनसम्म चल्ने परिषदको शुक्रबार अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरे।

त्यस अवसरमा बोल्दै अध्यक्ष केसीले देशलाई प्रदेश संरचना बोझ दोहोर्‍याए। उनले खर्चिलो प्रदेश संरचनामा लगानी गर्ने पैसा उद्योगधन्दा, कलकारखाना स्थापना र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए।

केसीले राष्ट्रिय जनमोर्चा सुरुदेखि नै संघीयताको विरुद्धमा रहेको भन्दै नेपाली जनताले बल्ल कुरो बुझ्न थालेको दाबी गरे। उनले राष्ट्रिय जनमोर्चाले अब संघीयताविरुद्ध आन्दोलन छेड्ने उद्घोष पनि गरे।

उनले देशमा भ्रष्टाचारर बढेको, बेरोजगारी बढेर हजारौं युवा विदेशिनुपरेको र दिनानुदिन नेपालीको लास बाकसमा आएको चर्चा गर्दै त्यसतर्फ शासक र सत्तासिन दलहरूको ध्यान नगएको बरु कसरी लुटेर देश खाने भन्नेतर्फ लागेको आरोप लगाए।

उक्त प्रतिवेदनसँगै शनिबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, संघर्षसम्बन्धी कार्यक्रम पेस हुने र ती सबै छलफल गरी शनिबार नै पारित गरिने महासचिव मनोज भट्टले जानकारी दिए।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन महासचिव मनोज भट्ट र स्वागत उपाध्यक्ष जनकराज शर्माले गरेका थिए।

राष्ट्रिय परिषदको बैठकले संघीयता तथा भ्रष्टाचारविरुद्ध संघर्षको योजना बनाउनुका साथै संगठन सुदृढीकरणको कार्यक्रम ल्याउने बताइएको छ।

प्रकाशित: ५ असोज २०८१ ६:४२ | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast