देश नबन्नुमा व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति दोषी छ : माधव नेपाल

हिमाल प्रेस ४ असोज २०८१ १५:०६
12
SHARES
देश नबन्नुमा व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति दोषी छ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए।

‘राजनीतिक अस्थिरता मूल कारक होइन। भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन।’

उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुँटहुँटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने बताए। उनले सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेको भन्दै नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए।

प्रकाशित: ४ असोज २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =