राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

हिमाल प्रेस ३ असोज २०८१ १५:१२ | Thursday, September 19, 2024
राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

काठमाडौँ- आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको गरेको छ। मोर्चाले नेपालको संविधान जलाएर प्रदर्शन गरेको हो।

मधेश केन्द्रित राजनीतिक दलहरूले विगतमा पनि संविधान अपूरो रहेको भन्दै यसको विरोध गर्दै आइरहेका छन्। उनीहरूले संविधानले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएको बताउने गरेका छन्।

मोर्चाले गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तिन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रष्टाचारीलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, नेपा: मण्डल कायम गर लगायतको नारा लगाएर प्रदर्शन गरेको हो।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी , जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान, रविन्द्रकुमार श्रेष्ठ, जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसीलगायतले आफ्नो धारणा राखेका थिए। साथै महतो, सायमी, केशव झा, श्रेष्ठ, राजिव झा, पूर्वमन्त्री राम नरेश राय, पूर्वमन्त्री ओमप्रकाश गुल्जारीलगायतले सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहीन बनाउन नहुने भन्दै सर्वोच्चको फैसलाको विरोध गरेका थिए।

प्रकाशित: ३ असोज २०८१ १५:१२ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast