संविधान कार्यान्यवन गर्न राजनीतिक दलमा एकता आवश्यक : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस ३ असोज २०८१ १३:३०
8
SHARES
संविधान कार्यान्यवन गर्न राजनीतिक दलमा एकता आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान कारयान्यवनका लागि राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।

उनले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए। मुख्यमन्त्री आचार्यले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए।

‘नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष्य एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दीर्घकालीन रणनीतिक योजना, मध्यमकालीक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रूपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था छ जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्र स्थानमा छ।’

मुख्यमन्त्री आचार्यले भने ,‘आर्थिक सुचाकंका हिसाबले कुल ग्रास्थ उत्पादन बढेर गएको छ। प्रतिव्यक्ति आय र बहुआयमिक गरिबीको दर घटेको छ। बालमुत्युदर, मातृमृत्युदर समेत घटेको अवस्था छ। शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पुर्‍याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन्।’

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ७२ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानुनहरू निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए। तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए।

कानुनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

मुख्यमन्त्री तथा मुल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरू कार्यान्वयन गर्न तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको मुल मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए।

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हासिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए। ‘मुख्य सवाल संविधानको पूर्ण कार्यान्वयनको हो,’ उनले भने, ‘सवाल कार्यान्वयनको हो तर, अहिले संशोधनको बजार हल्ला चलाइदैछ,’ उनले भने।

उनले राजनीतिक स्थायित्वको लागि जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख छान्नेगरी संविधान संशोधन गरेर जान सकिने बताए। पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चौधरीले संविधानको मुल मर्म संघियता र एकता भएको बताए।

प्रकाशित: ३ असोज २०८१ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =