संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : ओली

हिमाल प्रेस ३ असोज २०८१ ८:०५ | Thursday, September 19, 2024
संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन्। संविधान दिवस, हाम्रो राष्ट्रिय दिवसका अवसरमा ओलीले शुभकामना सन्देश दिँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

‘संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ’, शुभकामना सन्देशमा उल्लेख छ। संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको र सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनाहरूलाई संरक्षण गरेको ओलीको भनाइ छ।

‘यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ। जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन। यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ।’

प्रकाशित: ३ असोज २०८१ ८:०५ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast