गगन थापा भन्छन् : सरकारको न्युनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी छ

हिमाल प्रेस २ असोज २०८१ १५:३७ | Wednesday, September 18, 2024
गगन थापा भन्छन् : सरकारको न्युनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी छ गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

त्यस्तै उनले संसद्‌को आगामी अधिवेशनको सुरुमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।

उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए। उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए।

उनले भने, ‘शिक्षा ऐनका प्रसंग अघि उठ्यो। यहाँ आउनुपूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट शुरु गर्न मन लाग्यो। आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौँ। त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो। केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउनेछौँ।’

महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २ असोज २०८१ १५:३७ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast