पलेशालाई श्रम मन्त्रालयको सम्मान

हिमाल प्रेस ३१ भदौ २०८१ २१:४२ | Monday, September 16, 2024
पलेशालाई श्रम मन्त्रालयको सम्मान

काठमाडौँ- श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन तथा प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।

मन्त्री शरतसिंह भण्डारीले सोमबार मन्त्रालयमा एक कार्यक्रम गरेर सम्मान गरेका हुन्। करिब ६ दशक लामो ओलम्पिक इतिहासमै पहिलो पटक कांस्य पदक जित्न सफल भएकोमा आफू गौरवान्वित भएको उनले बताए।

मन्त्री भण्डारीले खेलकुदका मार्फत पनि रोजगारी सिर्जना गर्न सकिने तथा खेलकुदको विकासका लागि आफू प्रयन्नशील हुने प्रतिबद्धता व्यक्त गरे। पदक विजेता पलेशाले उपयुक्त तालिम र खेल्ने वातावरण बन्न सकेमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पदक जित्न सक्ने धारणा व्यक्त गरिन्।

प्रकाशित: ३१ भदौ २०८१ २१:४२ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast