सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छौं : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस २९ भदौ २०८१ ११:२६
2
SHARE
सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा- प्रतिष्ठान गठनको पक्रिया सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिए।

शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य संगोष्ठी २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठनको लागि विधेक तयार पारेर प्रदेश सभामा लगेर कानुनी आधार तयार पारिने बताए।

‘लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्छ। यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रूपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ।’

साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यस तर्फ सबैको चिन्ता र चासो हुनुपर्ने धारणा राखे।

लुम्बिनी प्रदेश साहित्यको उर्वर भूमि रहेको, धेरै साहित्य अनुरागी, स्रष्टाहरूको योग्दानलाइ संरक्षण गर्न खोज अनुसन्धान गरेर प्रतिवेदनहरूको दस्तावेजीकरण गर्न आग्रह गरे। कला, साहित्य, संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धन गर्न प्रदेश सरकारले सहकार्य गर्ने, सबै साहित्यकारहरूलाई उत्साहित बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (काव्यरपद्य) विभाग र लुम्बिनी वांगमय प्रतिष्ठानको सहकार्यमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा नारी काव्य संगोष्ठी २०८१ आयोजना गरिएको छ।

प्रदेशका १२ जिल्लाका साहित्य अनुरागिहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रको विकासको लागि प्रदेश तहहरुमा प्रज्ञाप्रतिष्ठान निर्माण गरेर जान सकिने, यस तर्फ प्रदेश सरकारले अघि बढाउने योजनामा सहकार्य गर्ने बताए।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाज रूपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठूलो योगदान रहेको चर्चा गरिन्।

प्रकाशित: २९ भदौ २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =