एमालेको निर्णायक राष्ट्रिय शक्तिको कार्ययोजना पारित

हिमाल प्रेस २८ भदौ २०८१ १७:४५
8
SHARES
एमालेको निर्णायक राष्ट्रिय शक्तिको कार्ययोजना पारित फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको छ। एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापीत गर्ने गरी तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको छ। नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने लगायतका विषय कार्ययोजनामा रहेको उनले बताए।

महासचिव पोखरेलले पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानका रूपमा चलाउने सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, कामका नयाँ क्षेत्र पहिचान गर्नेलगायतका कार्ययोजना रहेको जानकारी दिए।

उनले उपसभामुखमा बिषयमा बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा नपुगे पनि घटनक्रमलाई हेर्दा उपसभामुख पदमा बस्न नमिल्ने धारणा राखे। सचिवालय बैठकले भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) महासचिव सीताराम येचुरीको अन्तिम बिदाइका लागि पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँदिल्ली पठाउने निर्णय गरेको छ।

प्रकाशित: २८ भदौ २०८१ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast