‘ज्वाइँ साब’ को गीत ‘कसम बत्तीको’

हिमाल प्रेस २६ भदौ २०८१ १४:१६ | Wednesday, September 11, 2024
‘ज्वाइँ साब’ को गीत ‘कसम बत्तीको’

काठमाडौँ- फिल्म ‘ज्वाइँ साब’ को गीत ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ। यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।

जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म असोज २४ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक बसन्त निरौला हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ।

सामाजिक र पारिवारिक कथामा आधारित कमेडी जनरामा बनेको फिल्ममा अन्य कलाकार बुद्धी तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, हिमेश पन्त, इशान राउत (जिरे)को अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। श्याम तामाङले छायांकन गरेको फिल्मको निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ छन्। फिल्म ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: २६ भदौ २०८१ १४:१६ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast