जनता नजागेसम्म देशमा परिवर्तन हुँदैन : उपेन्द्र यादव

हिमाल प्रेस २५ भदौ २०८१ १९:१८ | Tuesday, September 10, 2024
जनता नजागेसम्म देशमा परिवर्तन हुँदैन : उपेन्द्र यादव फाइल तस्बिर।

सुदूरपश्चिम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुन नसक्ने बताएका छन्।

सो पार्टीको आज (मंगलबार) धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसंगतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भ्रष्टाचार, कमिसनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे।

प्रकाशित: २५ भदौ २०८१ १९:१८ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast