एमालेलाई भीम रावलको चुनौती : कारबाही गरेर देखाउनुहोस्

हिमाल प्रेस २५ भदौ २०८१ १०:५७ | Tuesday, September 10, 2024
एमालेलाई भीम रावलको चुनौती : कारबाही गरेर देखाउनुहोस्

काठमाडौँ- नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्। उनले एमालेमा विधि र विधानको कुरा गर्दा कारबाही गरिने बताए आफूमाथि कारबाही गर्न चुनौती दिएका छन्।

गृह जिल्ला अछम पुग्ने नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको दाबी गरे। उनले आफूले बोलेको कुराले केही मानिसलाई बिझाइ रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको छु। आफ्नो अडानमा अविचलित रहेको छु।’ उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन्।

प्रकाशित: २५ भदौ २०८१ १०:५७ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast