प्रधानमन्त्री ओलीले घटाइदिए सरकारी कर्मचारीको खाजा समय

हिमाल प्रेस २३ भदौ २०८१ २१:४२
26
SHARES
प्रधानमन्त्री ओलीले घटाइदिए सरकारी कर्मचारीको खाजा समय

काठमाडौँ- सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर आधा घण्टा कायम गरिएको छ। खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिएको भन्दै आधा घण्टा घटाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। फेसबुकमार्फत् जानकारी दिँदै उनले अब हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म खाजा समय कायम गरिएको बताए।

‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,’ उनले लेखेका छन्, ‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’

उनले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा खबर गर्न पनि अनुरोध गरेका छन्।

 

प्रकाशित: २३ भदौ २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast