तीन लाख वर्तालुले गरे पशुपतिनाथको दर्शन

हिमाल प्रेस २१ भदौ २०८१ १८:०४
14
SHARES
तीन लाख वर्तालुले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ- नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन्।

आज (शुक्रबार) ४ बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका छन्। वर्तालु लाममा बसेसम्म दर्शन गर्न दिइने कोषले जनाएको छ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो। बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो। झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए। तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो।

प्रकाशित: २१ भदौ २०८१ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =