पलेशालाई ६४ लाख पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा

हिमाल प्रेस १९ भदौ २०८१ २१:४३
22
SHARES
पलेशालाई ६४ लाख पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज (बुधबार) आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई ६५ लाख नै दिने स्पष्ट गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए। ‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु। यसपटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ,’ उनले भने, ‘पलेशाको जित नेपालीको जित हो। यसले औधी खुसी तुल्याएको छ। नेपालको इज्जत बढाएको छ।’

उनले यो कीर्तिमान इतिहासमा लेखिने बताए। ‘हामीले पुराना कीर्तिमान तोड्दै जानुपर्छ। एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन। हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ‚’ उनले भने।

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

प्रकाशित: १९ भदौ २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast