दक्षिण सुडानतर्फ लाग्यो १७५ जना सैनिकको डफ्फा

हिमाल प्रेस १९ भदौ २०८१ १६:२९
8
SHARES
दक्षिण सुडानतर्फ लाग्यो १७५ जना सैनिकको डफ्फा तस्बिर स्रोत : नेपाली सेना

काठमाडौँ– श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकको पहिलो टोली युनाइटेड मिसन इन साउथ सुडानका लागि प्रस्थान गरेको छ। प्रमुख सेनानी सुरेश देवकोटाको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर विमानद्वारा बुधबार दक्षिण सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७३ जना शान्ति सैनिकहरु सेनानी कुमार गुरुङको नेतृत्वमा मंगलबार स्वदेश फिर्ता भएका थिए।

 

प्रकाशित: १९ भदौ २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast