लिबिया मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

हिमाल प्रेस २८ जेठ २०८३ १६:२३ | Thursday, June 11, 2026
लिबिया मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिबियामा सञ्चालन भइरहेको लिबियामा संयुक्त राष्ट्रसंघीय सहयोग मिसनअन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरुबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४१ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली मिसन क्षेत्रतर्फ प्रस्थान गरेको जनाएको छ।

त्यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ४८ जना नेपाली शान्ति सैनिकहरू बुधबार नै स्वदेश फिर्ता भएका छन्।

हाल उक्त मिसनअन्तर्गत नेपाली सेनाका १६८ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्। नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

प्रकाशित: २८ जेठ २०८३ १६:२३ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast