 पुष्पकमल दाहाल
                             पुष्पकमल दाहाल 
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको बताए। उनले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने चेतावनी दिए।
उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए। सदनमा प्रतिपक्षीको भूमिकालाई बलियो बनाउन अन्य प्रतिपक्षी दलहरूलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
जटिल परिस्थितिको चुनौती सामना गर्न पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए। उनले प्रधानमन्त्री केपी ओलीले जनयुद्धको भावना विपरीतको अभिव्यक्ति दिएको भन्दै यसले समग्र शान्तिप्रक्रियामा असर पार्नसक्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 