काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई निमित्त उपकुलपतिमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले उनलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार खतिवडालाई यो जिम्मेवारी दिनुभएको हुन्।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो।
प्रकाशित: १७ भदौ २०८१ १९:५८
प्रतिक्रिया