काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रूस भ्रमणमा जाने भएका छन्।
रूसको भ्लादिभोस्तकमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आइतबार राति त्यसतर्फ जान लागेका हुन्।
सेप्टेम्बर ३ देखि ६ तारिखसम्म त्यहाँ आयोजना हुने ‘साउथ एसिया इकोनोमिक फोरम’ को छलफल कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल रूस जान लागेको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष नेपाललाई कार्यक्रममा वक्ताका रूपमा आमन्त्रण गरिएको छ।
राति ११ बजेको उडानबाट उनी रूस भ्रमणमा जान लागेको नेपालको सचिवालयले बताएको छ।
प्रकाशित: १६ भदौ २०८१ १७:२६
प्रतिक्रिया