एमालेले चेतावनीसहित बालेनलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

हिमाल प्रेस १६ भदौ २०८१ १७:१३
32
SHARES
एमालेले चेतावनीसहित बालेनलाई  बुझायो ७ बुँदे ज्ञापनपत्र बालेन शाह

काठमाडौँ- नेकपा एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोध गर्दै नेकपा एमाले जिल्ला कमिटी काठमाडौँले बालेनलाई ज्ञापनपत्र बुझाएको हो।

महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ। अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन्।

एमालेले बालेनलाई व्यक्ति विशेषको आवेगबाट प्रभावित हुने परिपाटी अन्त्य गर्न पनि भनेको छ। त्यस्तै कानुनी एवम् आपसी सहमतिबाहेक व्यक्तिको निजी सम्पत्तिमाथि आक्रमण तथा हस्तक्षेप रोक्न पनि एमालेले माग गरेको छ।

यस्तो छ एमालेको ज्ञापनपत्र 

प्रकाशित: १६ भदौ २०८१ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast