अखिल क्रान्तिकारीको खोटाङ अध्यक्षमा चाम्लिङ

हिमाल प्रेस १६ भदौ २०८१ ६:५७
74
SHARES
अखिल क्रान्तिकारीको खोटाङ अध्यक्षमा चाम्लिङ

खोटाङ- नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन भएका छन्।

गए राति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९औँ जिल्ला सम्मेलनले ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ।

समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन भएका छन्। नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।

माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त प्रतिवद्ध भइ लाग्न आग्रह गरे।

सम्मेलनले संगठनको आर्थिक तथा सांगठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेर अखिल (क्रान्तिकारी)को १९औँ जिल्ला सम्मेलनले पारित गरेका भाबी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिए।

‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसंगति र बेथितिका विरुद्ध १९औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा सांसद राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान किराती, प्रदेश सदस्य एवं विद्यार्थी फ्रयाक्सन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित विद्यार्थी संगठनका नेतालगायतको उपस्थिति थियो।

सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित क्रान्तिकारीको संगठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए।

सम्मेलनको अवसर पारेर अखिल क्रान्तिकारी खोटाङले शनिबार दिक्तेलबजार सरसफाइ गरेका थिए।

प्रकाशित: १६ भदौ २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast