गठबन्धन बनाउन क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा

हिमाल प्रेस १५ भदौ २०८१ १९:०८ | Saturday, August 31, 2024
गठबन्धन बनाउन क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।

शनिबार काठमाडौँमा क्याप्टेन थापाद्वारा लिखित ‘इन्टु त फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।

देउवाले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नजिक ल्याउन क्याप्टेन थापाले भूमिका खेलेको बताए।

‘ओलीजी र मलाई नजिक ल्याउन रामेश्वर थापाजीको निकै ठूलो योगदान छ, यो लुकाएर लुक्ने कुरा होइन,’ उनले भने,‘यो गठबन्धन बनाउन पनि उहाँको धेरै ठूलो योगदान छ, त्यसैले मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको देउवाले बताए। उनले भने,‘रामेश्वरजीलाई सबैले ओलीजीको पार्टीको भने तापनि उहाँ सबैको हो, सबैलाई सहयोग गर्ने व्यक्ति हो, मैले त्यस रूपमा लिएको छु।’

क्याप्टेन थापाले पहिल्यैदेखि आफूलाई व्यक्तिगत रूपमा पनि धेरै ठूलो मद्त गरेको देउवाले बताए।

प्रकाशित: १५ भदौ २०८१ १९:०८ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast