घट्याे सुनचाँदीकाे भाउ, प्रतिताेला कतिमा हुँदैछ काराेबार?

हिमाल प्रेस १४ भदौ २०८१ ११:४१ | Friday, August 30, 2024
घट्याे सुनचाँदीकाे भाउ, प्रतिताेला कतिमा हुँदैछ काराेबार?

काठमाडाैँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। हिजाे बिहीबार प्रतितोला एक सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

बिहीबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रकाशित: १४ भदौ २०८१ ११:४१ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast