दाङ- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रूपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी छन्।
दाङको तुलसीपुरमा आज (बिहीबार) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनयुद्धले ल्याएको उपलब्धिमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गलत भएको धारणा राखिन्।
पटकपटक जनयुद्धलाई हिंसाका रूपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताइन्।। देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उनको भनाइ छ।
उनले माओवादीले १० वर्ष युद्ध लडेर ल्याएको उपलब्धिको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहीन भएको बताइन्।
प्रकाशित: १३ भदौ २०८१ २०:०२
प्रतिक्रिया