नेपालगञ्ज बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो

हिमाल प्रेस १३ भदौ २०८१ १८:०३
20
SHARES
नेपालगञ्ज बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो

काठमाडौँ- बाँकेको राँझा चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि यो संख्या तीन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले उपचारका क्रममा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको बताए।

दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको डाँगीले जानकारी दिए।

यसअघि दुर्घटनामा परेर दाङ तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुल्सीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो।

दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर रत्न राजमार्गको सुर्खेत सडकखण्डको राँझा चोक नजिक र्दुघटना भएको थियो। दुर्घटनामा परी २७ जना घाइते भएका थिए।

प्रकाशित: १३ भदौ २०८१ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast