बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

हिमाल प्रेस १३ भदौ २०८१ १४:४५ | Thursday, August 29, 2024
बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज– बाँकेको राँझा चोक नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बिहीबार बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। दुर्घटनामा परी २७ जना घाइते भएका छन्।

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए।

बस अनियन्त्रित भएको बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ भदौ २०८१ १४:४५ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast