प्रचण्डकै कारण मुलुकमा अस्थिरता : पन्त

हिमाल प्रेस ११ भदौ २०८१ १६:५९
14
SHARES
प्रचण्डकै कारण मुलुकमा अस्थिरता : पन्त एमाले सांसद रघुजी पन्त।

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण मुलुकमा राजनीतिक अस्थिरता भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै एमाले सांसद पन्तले यस्तो आरोप लगाएका हुन्। ‘तपाईँको कारणले मुलुकमा अस्थिरता निम्तिएको थियो। तपाईँको कारणले राजनीतिज्ञहरूले विश्वसनीयता गुमाएका थिए’, पन्तले भने।

पन्तले सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा छटपटी भएको बताए। संसदीय प्रणालीमा रहेका देशहरुमा सय दिन नपुगी प्रतिपक्षी दलले सरकारको आलोचना नगर्ने नजिर रहे पनि अहिले प्रचण्डले तोडेको उनको आरोप छ। पन्तले भने, ‘दुःखका साथ उहाँले यो नजिर तोड्नुभएको छ।’ प्रतिपक्षीको भूमिका संवैधानिक अधिकार रहेको भन्दै यसलाई अवमूल्यन नगर्नसमेत सचेत पन्तले सचेत गराएका छन्।

साथै पन्तले सरकारमा नजाने निर्णय केन्द्रीय कमिटीबाट गर्न माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन्। ठूला दल मिलेर सरकार बनाएपछि अब अर्को सरकारको सम्भावना नभएको भन्दै पन्तले यही सम्भावनालाई देखेर प्रचण्डले सरकारमा नजाने भनेको तर्कसमेत गरेका छन्। उनले यसअघि धोका पाएका एमाले र कांग्रेसले सरकारमा सहभागी हुन प्रचण्डलाई फकाउन नजाने दाबी गरे। प्रचण्डसँग सत्ता माग्ने नैतिक आधार र जनाधारसमेत नभएको उनको भनाइ छ। उनले भने, ‘के आधारमा माग्नुहुन्छ? कहिले यता कहिले उता गरिसक्नुभयो। प्रचण्डको सक्कली रूप सबैले देखिसकेका छन्।’

प्रकाशित: ११ भदौ २०८१ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast