काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गत फागुनमा भएको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जनसहित केन्द्रीय समितिमा पेस गर्ने भन्ने विषयमा विवाद भएको छ। विवाद बढ्दै गएपछि सभापति शेरबहादुर देउवाले अहिले बूढानीलकण्ठस्थित आफ्नै निवासमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा र शर्मासँग संयुक्त छलफल डाकेका छन्। छलफल जारी रहेको देउवाको सचिवालयले जनाएको छ।
महामन्त्री थापाले पार्टीको विधानमै अन्य पार्टीसँग चुनावी गठबन्धन गर्न नहुने र कांग्रेसका क्रियाशीलले रुख चिह्नमा मतदान गर्न पाउनुपर्ने बुँदा राखेका छन्। यसमा सभापति देउवानिकटकै नेताहरूले चुनावी विषय तत्कालीन समयमै निर्णय लिनुपर्ने भन्दै यसलाई परिमार्जन गर्न माग गरेका छन्।
अर्का महामन्त्री शर्माले पार्टीका नेताहरूको एक्जिट प्रस्तावबारे गम्भीर मतभेद देखिएको छ। शर्माको प्रतिवेदनमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बन्न पाउनुपर्ने उल्लेख छ। यस विषयमा वर्षौँदेखि सांसद हुँदै आएकादेखि सभापति देउवाको गुट र संस्थापन इतर गुटले पनि आपत्ति जनाएको छ।
कांग्रेस विवाद : देउवालाई टाउको दुखाइ बनेको गगन-विश्वको प्रस्तावमा के छ?