रास्वपाको कारबाहीपछि मुकुलले भने : अब नैतिकताका आधारमा रविले पनि राजीनामा दिनुपर्छ

हिमाल प्रेस ११ भदौ २०८१ १२:१३ | Tuesday, August 27, 2024
रास्वपाको कारबाहीपछि मुकुलले भने : अब नैतिकताका आधारमा रविले पनि राजीनामा दिनुपर्छ मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि डा‍. मुकुल ढकाल आक्रामक बनेका छन्।  रास्वपाको कारबाहीको निर्णयपछि पार्टी सभापति रवि लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले रविलाई नैतिकरूपमा पतित व्यक्ति भएको आरोप लगाएका छन्। ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ।’ उनले भनेका छन्। उनले सहकारी प्रकरणका सवालमा रविले जनतालाई भ्रमित पार्दै भाषणबाजी गरेको बताएका छन्।

प्रकाशित: ११ भदौ २०८१ १२:१३ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast