कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस ११ भदौ २०८१ ९:३६
10
SHARES
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (मंगलबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज गोलभेँडा, भन्टा, मुलाको मूल्य केही घटेको छ भने च्याउसहितका तरकारीको मूल्य भने बढेको छ।

कालिमाटीमा आज सबैभन्दा महँगो तरकारी सिताके च्याउको मूल्य प्रतिकिलो ९७६ हुँदा सबैभन्दा सस्तो सेतो मुलाको मूल्य २२ रुपैयाँ छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, ठूलो नेपाली गोलभेँडा ६५, लोकल सानो गोलभेँडा २७, रातो आलु ६७, भारतीय सुकेको प्याज ११७, लोकल गाँजर ९५, बन्दा ५५, स्थानीय ज्यापु काउली १२५, सेतो मुला २२, लाम्चो भन्टा २७, तने बोडी ९५, करेला ३५, लौका ४५, परबल ६५, हरियो फर्सी ४५, पालुंगोको साग १३३, हरियो प्याज २२६, कन्य च्याउ १७६, डल्ले च्याउ ४२६, कुरिलो ३२६, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो किलोको ३ सय २४ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य आज बढेर ४२६ रुपैयाँ पुगेको छ।

कालीमाटीमा हिजो रातो आलु ६८, सुकेको भारतीय प्याज ११८, लोकल गाँजर ९५, लोकल बन्दा ६६, स्थानीय ज्यापु काउली १२६, सेतो मुला २३, डल्ले भन्टा ४६, करेला ३६, लौका ४५, परबल ५५, घिरौँला ३६, भिन्डी ३५, स्कुस २८, कन्य च्याउ १६४, डल्ले च्याउ ३२४ र सिताके च्याउ ९७५ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।

प्रकाशित: ११ भदौ २०८१ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =