ईपीजीको प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमाल प्रेस १० भदौ २०८१ १८:२८ | Monday, August 26, 2024
ईपीजीको प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह केपी ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा देखिने समस्याहरूलाई खुलस्तरूपमा संवादमार्फत समाधान गर्न सकिने बताएका छन्।

सोमबार काठमाडौंमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाकाबन्दी र भूराजनीतिक, कूटनीतिमा मेरो अनुभव र अनुभूति पुस्तक लोकार्पण गर्दै छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य कुरा भएको भन्दै ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए।

उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धिलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गरे। उक्त प्रतिवेदन भारतले बुझे सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने उनले बताए।

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धि हुनु युुगान्तकारी काम भएको पनि स्मरण गरे।

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे।

प्रकाशित: १० भदौ २०८१ १८:२८ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast