मंगलादेवी सिंहको २८औँ स्मृति दिवस

हिमाल प्रेस १० भदौ २०८१ ११:०१ | Monday, August 26, 2024
मंगलादेवी सिंहको २८औँ स्मृति दिवस

काठमाडौँ- उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मंगलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका छन्।

मंगलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मंगलादेवीको सालिकमा माल्यार्पण गरेका हुन्। सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताइन्।

उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे।

कार्यक्रममा मंगलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मंगलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन‍्।

प्रकाशित: १० भदौ २०८१ ११:०१ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast