ठूला दलकै कारण अस्थिरता पैदा भयो : उपेन्द्र यादव

हिमाल प्रेस ९ भदौ २०८१ १९:१८ | Sunday, August 25, 2024
ठूला दलकै कारण अस्थिरता पैदा भयो : उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन्।

आइतबार काठमाडौंमा जनतासँग जसपा नेपाल, अभियन्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भए पनि ठूला भनिएका दलहरूकै कारण अस्थिरता पैदा भएको बताएका हुन्।

उनले राजनीतिक स्थिरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिए। अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने उनले बताए।

उनले ठूला दलहरूबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेमा जोड दिए। यसैका लागि जनतालाई संगठित गर्न चार महिने जनतासँग जसपा नेपाल, अभियान चलाएको उनले जानकारी दिए।

सो अभियानपछि मुलुकलाई जोगाउनका लागि सडक संघर्षमा जानैपर्ने उनको भनाइ छ।

प्रकाशित: ९ भदौ २०८१ १९:१८ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast