मर्स्याङ्गदी बस दुर्घटनाले स्तब्ध बनाएको छ : कांग्रेस

हिमाल प्रेस ७ भदौ २०८१ २०:४१ | Friday, August 23, 2024
मर्स्याङ्गदी बस दुर्घटनाले स्तब्ध बनाएको छ : कांग्रेस कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले मर्स्याङ्गदी बस दुर्घटनाले स्तब्ध बनाएको बताएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिले घाइतको उपचारको व्यवस्था मिलाउन सरसकारसँग माग गरेको छ।

भारतीय पर्यटक सबार युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्गदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन्।

त्यस्तै आजै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। पोखरातर्फ जाँदै गरेको भरतपुर महानगरपालिकाको वडा नम्बर २९ सत्रकिलोमा माथिबाट खसेको ढुंगाका कारण अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा परी २५ जना घाइते भएका थिए।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, बलबहादुर केसीलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ७ भदौ २०८१ २०:४१ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast