‘वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ’

हिमाल प्रेस ७ भदौ २०८१ ५:५९ | Friday, August 23, 2024
‘वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ’ माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन्।

समाजवादी अध्ययन केन्द्रले कम्युनिस्ट  विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा बिहीबारदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताए।

क्रान्तिका योद्धाबाट प्रेरणा पाएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उनले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण संघर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले मार्क्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुवात गरेको बताए। राजनीतिक क्रान्तिको विभिन्न चरणमा संघर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेनिनले रचना गरेका कृति कम्युनिस्ट आन्दोलनको यात्रामा कालजयी रहेको उनको भनाइ थियो।

नेपाली कम्युनिस्ट आन्दोलनमा लेलिनको क्रान्तिकारी आदर्शको प्रभाव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा कम्युनिस्ट नेतृत्वमा पटकपटक सरकार निर्माण भएकाले जनताको आर्थिक र सामाजिक रुपान्तरणका प्रयास भइरहेको विचार व्यक्त गरे।

यही भदौ १३ गतेसम्म लेलिनका जीवन तथा संघर्षका विभिन्न आयामबारे छलफल गरिने जनाइएको छ।

प्रकाशित: ७ भदौ २०८१ ५:५९ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast