कांग्रेस-एमालेका कारण त्रिविमा दुर्दशा निम्तियो : सुमना श्रेष्ठ

हिमाल प्रेस ६ भदौ २०८१ १४:१५ | Thursday, August 22, 2024
कांग्रेस-एमालेका कारण त्रिविमा दुर्दशा निम्तियो : सुमना श्रेष्ठ सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तथा निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस र एमालेका कारण दुर्दर्शा निम्तिएको आरोप लगाएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनापतिको संज्ञा दिँदै शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँडेको आरोप लगाइन्।

‘विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको छ। यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को ?,’ उनले भनिन्, ‘प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमाबाट माग गर्नुपर्ने त्यो परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र प्रशासन मुकदर्शक त्यसको माउ पार्टीको अध्यक्ष को अहिलेको प्रधानमन्त्री। शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ भन्ने शिक्षक र प्राध्यापकले राजीतिक गर्नुपर्छ भन्ने पनि प्रधानमन्त्री।’

उनले आफ्नो शिक्षामा पार्टी दलीय राजनीति मुक्त बनाउने अभियानमा रहेको बताए। सुमनाले आफू मन्त्री हुँदा विश्वविद्यालयमा दलीय राजनीतिमुक्त हुनुपर्ने विषय उठाएको पनि स्मरण गरिन्।

प्रकाशित: ६ भदौ २०८१ १४:१५ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast