लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

हिमाल प्रेस ४ भदौ २०८१ ८:३६ | Tuesday, August 20, 2024
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। गत बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ। मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए।
ती दलले विश्वासको मत दिन ह्विप पनि जारी गरेका छन्।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ। ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्। लुम्बिनीमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक एक जना सांसद छन्। १३ जना सांसदले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्नेछन्।

प्रकाशित: ४ भदौ २०८१ ८:३६ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast